कोरोना अनुभवः पहाडले शरीर थिचेझैं हुन्थ्यो

शम्भु बराल

काडमाडौं,४ कात्तिक । असोज १२ गते मंगलबार जिउ अत्यधिक दुख्यो । राती एक्कासी ज्वरो आयो फेरि भोलिपल्ट बुधबार जिउ असजिलो भइरहेको थियो । यस समयमा प्रत्यक बर्ष एस्तै हुन्थ्यो । त्यही होला भन्ने सोँचे । अरु कुराको शंका नै भएन । राती पुनः ज्वरो आयो । बिहिवार कोरोना परिक्षण गराए । त्यसपछि रिपोर्ट आउनै ४ दिनको अद्भुत पर्खाइ पर्खिरहे । आइतबार बिहान उठेर सदा झैँ नित्यकर्म सकेर खाना खान के सुरु गरेथे फोनको घण्टि बजिहाल्यो । फोन रिसिभ गरे । उताबाट आवाज आयो,“तपाईंलाई कोरोना पोजेटिभ आएको छ, सुरक्षित रहदै स्वास्थ्यको ख्याल गर्नुहोला ।”
कोरोना भाइरसको कारण पहिलो पटक घोषणा भएको बन्दाबन्दीकै समय देखि अत्यन्तै सावाधानी अपनाउदै सामाजिक गतिबिधीमा सकृय बनियो । बन्दाबन्दीको कारण चुल्हो नबल्ने धेरै गाउँ तथा जिल्लावासी लगायतहरुलाई काठमाडौंका कोठा दैलो सम्म पुगेर राहत उपलब्ध गराईयो । पटक पटक परिक्षण गराउदा नेगेटिभ आएकोमा आफ्नो नियमित दैनिकी गुजार्दा गुजार्दै अप्रत्याशित रुपमा एक्कासी यस्तो समाचार आउँदा मन अलिकती अमिलो हुने नै भयो । बेचैन उत्पन्न हुँदै खादै गरेको थाल साइड लगाइ हतार हतार थप सुरक्षित हुँदै आइसोलेसन कोठातर्फ लागे । स्वास्थ्यमा त्यस दिन त खासै गारो भएन तर भोलिपल्ट निकै नै गारो महशुस भयो । बायाँ छाती उत्पात दुख्न लाग्यो,स्वास तान्न अति कठिन, टाउको दुखाइ अनि रिंगटा ।! त्यही बेला सामाजिक सन्जाल हेर्छु झनै कहालीलाग्दो समाचारहरु यत्र तत्र छन् । सरकारका तर्फ बाट बोल्ने क्रममा त्रुटी भयो वा मिडियाले बिषयलाई टुइष्ट गरे ( अब आइन्दा बेहोस हुन लागे मात्र अस्पताल जानु“ अस्पतालमा आइसोलेसनरभेन्टिलेटर छैन)) यस्ता कुराहरुले झनै मन भारी बनायो । रोगको बिषयमा समाजमा परेको नराम्रो छाप अनि सामाजिक सन्जाल लगायत मिडियाहरु बाट आउने फरक फरक र उत्तेजना फैलिने खालका समाचारहरु पो कोरोना भन्दा पनि अरु भयावह रहेछ । समय संगै स्वास्थ्यमा एक्छिन सहज त छिनमै निक्कै गारो हुन थाल्यो । यस्तो भयो भनेर सुनाएपनि कोहि कसैले छेउमा आएर साहारा दिने अवस्थाको रोग थिएन । उल्टो तनाव मात्र उत्पन्न हुने थियो । स्वास्थ्य बारे बुझ्ने सबलाई म एकदम ठिक छु मात्र भनिदिन्थे, । बन्द कोठामा बेसहारा अनुभुत गर्दै बस्न बिबश भए । कतै यो रोग सामना गर्न सकिएन भने ? आफ्ना घर परिवार, नजिकका आफन्त, शुभेच्छुक शुभचिन्तक हरु एक्कासी आखामा छचल्कन थाले । कथनकदाचित श्वास प्रस्वासमा थप समस्या भए अस्पताल पुगेर उपचार लिन हम्मे हम्मे पर्ने महशुस गरे । अब के गर्ने होला ? ……..कातर भएर बाँच्नु भन्दा बहादुरीको साथ मर्नु बेस ! जसो तसो हिम्मत कसे, जगमा पानी उमाले र सन्चो भिक्स हालेर १५÷२० मिनेट जति राल सिगान आउन्जेल बाफ लिए । सास फेर्न अलि सहज भयो, उता बृद्धअबश्थाको बुबा उपचारको क्रममा एकाघरमा साथमा हुनुहुन्थ्यो । गाउँको बसाइ थियो अस्वभाविक रुपमा शारीरिक स्वास्थ्यमा समस्या देखिएपछि भर्खरै काठमाडौं ल्याएको थिए ।उपचार हुँदै थियो, फलोअपमा हुनुहुन्थ्यो, । मनमा अरु कुराहरु खेल्न लागे एकाघरमा रहदारबस्दा कतै बुबालाई पो मेरो समस्या देखा पर्ने त हैन ? फेरि सानी छोरी पनि त छिन । भवितव्य बयस्कलाइनै लागे त जसो तसो जित्न सकिएला तर दुर्भाग्य बच्चा र बृद्दलाई लागे ? मनमा आगोको लप्काले पोले झैँ गरि पोल्न शुरु गरयो । बुबा र बच्चाको बारेमा बार बार जानकरी लिदा लिदै अकस्मात केही दिन नबित्दै बुबालाइ बेस्करी ज्वरो आयो । टाउको दुख्ने, सुख्खा खोकी लगायत शुरु भै त गयो ।! उपचारको लागि झिकाएको बुबालाइ भवितव्य केही भयो भने ? म बाचुन्जेल पोलिरहने छ मनमा यस्तै यस्तै कुराहरु खेल्न थाले । विशाल भिमकाय पहाडले थिचेझैँ गरि शरीर थिचिएको महशुस भयो । चारै तिर कालो बादल मडारिएझैँ देखे । बुबालाई हतार हतार सङैको अर्को कोठामा राख्ने ब्यबस्था मिलाउन लगाए । त्यसै पनि पातलो चेहराको हुनुहुन्थ्यो झनै पुरै शरीर गलेको देखे, अब त्यसरी भिन्न कोठामै राखेर गाउँले परिवेशमा जन्मे हुर्केको मान्छेलाई एक्कासी त्यसरी कालो कोठामा बन्दी जस्तो बनाएर राख्दा अरु मनोबिज्ञानमा असर पर्ने, हतोत्साही हुने देखे, र स्वास्थ्य सावाधानीको ख्याल गर्दै नजिक राखे, नयाँ नयाँ कुराहरु सुनाउने,भजन प्रबचनहरु बजाइदिने, पुरानाकुराहरुको स्मरण आदि गर्दै मनमा अत्यास नलागोस भनेर भुल्याउन शुरु गरे । दैनिकी फेरियो बुबालाइ के गर्दा फ्रेस राख्न सकिन्छ त्यसमा केन्दृत भए । खानपिन आहार बिहार पुरै बदलियो, विभिन्न जडिबुटी हरु प्रसस्तै सेवन गरियो । ,भिटामिन, बेसार पानी,कागती पानी,मह,गेडागुडिको रस, झोलिलो अन्य कुराहरु पनि खाईयाये । योग ध्यान गर्ने, बिबिध क्रियाकलापले बेफुर्सदिलो बनाउने काम गरे, मलाइ मेरो भन्दा पनि बुबाको स्वास्थ्यको अधिक चिन्ता थियो त्यसैले म जस्तै कोरोना संक्रमितहरु सङ परामर्श गर्थे । चिकित्सकको सुझाव लिन्थे, अत्यन्तै सङ्घर्षका साथ हिम्मत नहारी नियमित र निरन्तरको प्रयासले बिस्तार बिस्तार दुबै जनाको स्वास्थ्यमा सुधार हुँदै गयो । पोजेटिभ रिपोर्ट आउने स्वाव दिएको तेर्हौ दिन बि एन्ड बि हस्पिटलमा पुनः पि सि आर गराउदा मेरो नेगेटिभ आयो तर बुबाको नेगेटिभ नआउन्जेल कुनै राहतको महशुस हुन सकेन । आज आस्विन तीन गते बुबाको निसंक्रमण भएको १४ दिन पूरा भएको र र मेरो पनि पुनः पिसिआर गराउँदा बुबाको नेगेटिभ आयो मेरो पनि आउने नै भयो । बल्ल खुशी मिल्यो ।बुबा र मेरो दुबैको स्वास्थ्य अबस्था सामान्य र पुर्ववत अबस्थामा छ, ।कुनै पनि समस्या छैन । अत्यन्तै स्वस्थ छौँ । एकै तिरले दुई सिकार । कोरोना संक्रमण भएपछि यससँग जुध्न ब्यायाम योग अनिबार्य रहेको विभिन्न कोणबाट पुष्ठि भएसंगै मैले पनि योग ध्यान आदि प्रयाप्त गरे जसले संक्रमण सङ लडाइँ लड्न मात्र सहयोग पुगेन मोटो शरीर १५र२० दिनको योग ब्यायामले ७ पन तौल घटेको पनि छ, ।

कोरोनालाई कसैले सामान्य नआकौ ।
“सामाजिक सन्जाल लगायत विभिन्न सूचना र समाचार माध्यममा कतिपयले कोरोना केही होइन मात्र सामान्य रुघाखोकी हो यो सङ डराएर भाग्ने होइन लड्नु रभिड्नु पर्दछ, कोरोना भन्ने हुँदै हैन र छदै छैन यसका नाममा आतंक फैलाइयो भने जस्ता अतिरन्जित र भ्रामक कुराहरु सार्बजनिक गरेको देख्दा म त्यस्ता सुचना प्रवाह गर्ने सबै महानुभावहरु प्रती तेस्तो अफवाह नफैलाउन आग्रह गर्न चाहन्छु ।”
हो यो मानेमा म सहमत छु कि प्रतिरोध क्षमता अनुसार कतिपयलाइ यसको प्रभाव बढी र कम हुन सक्छ । तर केहि होइन भन्ने कुराको सन्दर्भमा हेरौं बुझौं । आज तपाइँ जस्तै होनाहार हजारौं ब्यक्तिहरु हस्पिटलको बेडमा आफन्तको भेटको पर्खाइमारपुनर्जीवन प्राप्त गर्ने आसमा कालो कोठाभित्र तड्पिएर बसिरहनु भएको छ । कतिपय भेन्टिलेटर नपाएर उपचार गराउने कठिन घडी बिताउदै हुनुहुन्छ । तिनिहरुलाइ सम्झिदिनुस । जिन्दगी खेलखाची होइन । हो केही हद सम्म सिमा भन्दा बढी हाउगुजी शैलीमा समाजमा त्रासादी फैलिएकै हो । यसलाइ सुधार्न जरुरी छ । समाजले कोरोना संक्रमीत प्रती हेर्ने दृस्टिकोण परिबर्तन गर्न अनिबार्य भएको छ, । छि छि र दुरदुरको अवस्था कहालीलाग्दो रहेछ । दुःखका साथ भन्नूपर्छ यहि समय उपयुक्त रहेछ जसले आफ्नो परिवार,आफन्त,साथीभाइ, इष्टमित्रहरु कसले कति माया सद्भाव र सहयोग पुर्याउदो रहेछ भनेर राम्रोसङ चिनिने । कुनै अपराध गरे बापत प्राप्त सजाय अबस्य होइन । योत कोहि समाजको अग्रपंक्तिमा लागे बापत,कोहि आफु र आफ्नो घरपरिवारको रोजिरोटिको लागि मजबुरी गर्नु पर्ने बाध्यताका कारण साबधानी गर्दा गर्दै हुने हो । नेपालको हालको अबस्थालाई मध्यनजर गर्दा ढिलो चाडो यसलाइ सबैले भोग्नै पर्ने देखिएको छ ।
अन्त्यमा भनिन्छ “बेत बसेको गाइलाइ मात्र बेदना थाहा हुन्छ“ कोरोना के रहेछ भन्ने जसले यसको पिडा भोगेको छ उसलाई मात्र थाहा पाउँछ, अतः फेरि पनि अनुरोध छ,(थोरैमा धेरै बुझ्ने प्रयत्न गरिदिनु होला । मेरो यो कष्टकर अबधीमा विभिन्न माध्यमबाट मलाइ स्वास्थ्य लाभको कामना गर्नुहुने मेरा आफन्त सुभेच्छुक शुभचिन्तक प्रती हृदयको गहिराइदेखि आभार ब्यक्त गर्दछु । बिशेष गरि हार्दिक धन्यवाद डा हिमान्शु नेपाल, जसले जुनसुकै समयमा पनि मेरो स्वास्थ्यको बिषयमा सुझाव दिइरहनु भयो, यहाँ सङ सदैब ऋणि रहनेछु । स्वास्थ्य समस्यामा निकै महत्वपुर्ण परामर्श सहित निरन्तर सम्पर्कमा रहि गुन लगाउनु हुने कामपा निर्देशक आदरणीय वसन्त आचार्य सर साच्चै वसन्त ऋतुको उपमा हुनुहुन्छ । तेस्तै पुर्व उपनिर्देशक गम्भीरलाल श्रेष्ठज्यु, आफ्ना अनुभुती सहित स्वास्थ्य समस्याको हर क्षणमा उपचारका बिधीहरु बताउदै ढाडसको साथ रोग सङ लडाइँ अबस्य जितेने छ भन्दै मलाइ हौसला प्रदान गरिरहनुभयो । कोरोना कहरको बिचमा टोल समाजलाई लाई सुरक्षित राख्नु पर्ने र स्वास्थ मापदण्ड पालन गर्नु पर्ने बिषम परिस्थितिमा निश्चित समय परिवारका कोहि पनि सदस्य घरबाहिर निस्कन नहुने बेला आफ्नो स्वास्थ्यलाई बाजी राखेर खाद्य सामाग्री र औषधि मुलो सहित घरको दैलो सम्म जसले बार बार ल्याइदिएको छ,आजिवन भुल्ने छैन । यहाँहरुको सद्भाव प्रती सगर्व हार्दिक कृतज्ञ छु, ।अब अरु थप सतर्कता अपनाउदै नियमित गतिबिधीहरुमा सामेल हुनेछु । पुनः एकपटक सुभेच्छुक शुभचिन्तक आफन्तजन सबै सबैमा हार्दिक धन्यवाद ।

शम्भु बराल पोकली झरना सेवा समाजका महासचिव हुनुहुन्छ ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !