लक्षित वर्गको कोरोना परिक्षण र उपचार मात्र निःशुल्क हुने

हेल्दीखबर

काठमाडौं,३ कार्तिक । चौतर्फी बिरोध भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचार र परिक्षण निःशुल्क गर्ने भएको छ। मन्त्रालयले देशभरका अस्पताल र प्रयोगशालाहरुलाई पत्र काटेर मन्त्रीपरिषदले असोज १९ गते गरेको निर्णय अनुसार लक्षित वर्गको प्रमाणको आधारमा नि:शुल्क उपचार गर्न गराउन भनेको छ । सबैले नि:शुल्क उपचार पाउने छैनन् ।
मन्त्रिपरिषद्को असोज १९ गतेको निर्णय अनुसार विपन्न, अशक्त, असहाय, असहाय एकल महिला,अति अपांगता , ७० वर्ष नाघेका जेष्ठ नागरिक तथा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुले मात्र निःशुल्क उपचार पाउनेछन् । 

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !