स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागी तीनजनाको नाम सिफारिस

हेल्दीखबर

काठमाडौँ, २ कार्तिक । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका तीन जनाको नाम सिफारिस भएको छ। भदौ २० गतेदेखि लिएको लिखित मौखिक तथा अन्तरवार्ताबाट लोकसेवा आयोगले उत्कृष्ठ तीन जनाको प्रस्तुतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तीन जनाको नाम सिफारिस गरेको हो ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आयोगले एक नम्बरमा डा दामोदर बसौला, दुई नम्बरमा डा कृष्णप्रसाद अधिकारी र तेस्रो नम्बरमा सुदर्शन पौडेलको नाम सिफारिस गरेको छ । सरकारले यिनै तीन जनामध्येबाट एक जनालाई कार्यकारी निर्देशक पदमा छनौट गर्नेछ ।
यसअघि उक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न लोकसेवा आयोग अध्यक्षको सिफारिसमा तीन जनाको छनौट समिति बनाइएको थियो ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !