डिसेम्बरसम्म ३० करोड कोरोना भ्याक्सीन उत्पादन हुने

एजेन्सी

काठमाडौं,२ कार्तिक । कोरोना महामारीलाई मध्यनजर गर्दै सारा विश्वमा कोरोना विरुद्धको भ्याक्सीन बनाउने काम भईरहेको छ । साथै कोरोनाको बारेमा विभिन्न रिसर्च भईरहेको छ ।
भारतको सीरम इन्स्टीट्यूटले डिसेम्बरसम्ममा २० देखि ३० करोड भ्याक्सीन आउने दाबी गरेको छ ।
इन्स्टीट्यूटका कार्यकारी निर्देशक डाक्टर सुरेश जाधवले यो दाबी गरेका हुन् ।
हेल फाउण्डेशनद्वारा आयोजित फार्मा एक्सीलेन्स ई समीट २०२० लाई सम्बोधन गर्दै उनले मार्च २०२१ सम्म भ्याक्सीनको फाइनल टेस्ट सकिने बताएका छन् ।
सीरमले एक वर्षमा ७० देखि ८० करोड भ्याक्सीनको डोज उत्पादन गर्न सक्ने पनि उनले बताएका छन् ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख १४ हजार ६४ जनाको मृत्यु भएको छ भने ७४ लाख ९२ हजार ७२७ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ६५ लाख ९४ हजार ३९९ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ८४ हजार २६४ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा शनिवार ६२ हजार ९२ जनालाई कोरोना संक्रमण भएको छ भने १ हजार३२ जनाको मृत्यु भएको छ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !