कोरोना उपचारमा प्रयोग हुने रेमडेसिभिर आयात र बिक्री गर्न तीन कम्पनीलाई अनुमति

काठमाडौं,३० असोज । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि कोरोनाको उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न स्वास्थ्य मन्त्रालयले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतीय कम्पनी सिप्लाबाट उत्पादिन रेम्डेसिभिर ल्याउने आधिकारिक एजेन्सी यति फर्माकेम डिस्ट्रीव्युटरर्स प्रालि, माइलन ल्यावरोटोरिजबाट उत्पादित रेम्डेसिभिर ल्याउने एजेन्सी सिनर्जी ओभरसिज प्रालि र हिटेरो कम्पनीको औषधि ल्याउने भिगोविस लाइफस सान्इस लिमिडेटलाई तोकेको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा कोभिड १९ को उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा खरिद गर्न सकिने उल्लेख छ । उक्त पत्रमा उक्त तीन कम्पनीका प्रमुखहरुको नाम र मोबाईल नम्बर सहित उल्लेख गरिएको छ ।

मन्त्रालयले जारी गरेको सूचना ः

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !