काठमाडौं,२९ असोज । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उहाँलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । भट्टराई केही समय अघि मात्र ११ औं तहमा बढुवा हुनुभएको थियो । यसअघि औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल हुनुहुन्थ्यो । भट्टराई बिहीबार मन्त्रालयबाट महानिर्देशकको पत्र पाउनुभएको हो । निवर्तमान महानिर्देशक ढकालको सरुवा विभागअन्तरर्गतकै राष्ट्रिय प्रयोगशालामा भएको छ ।