आज विश्व हात धुने दिवस: २० सेकेन्ड सम्म साबुनपानीले हात धुदा सरुवा रोगबाट बच्न सकिन्छ

हेल्दीखबर

काठमाडौं, २९ असोज । आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १५ का दिन विश्व हात धुने दिवस मनाउने गरिन्छ ।
त्यसैले पनि यो वर्ष हात धुने दिवसको महत्व अझ बढी देखिएको छ ।
कोरोना संक्रमणबाट बच्न अपनाइने तीन वटा मूल मन्त्र २ मिटरको भौतिक दूरी, मास्कको उचित प्रयोग र साबुन पानीले हात धुने रहेको छ। त्यो मध्ये साबुन पानीले नियमित २० सेकेण्डसम्म हात धुने गरेमा कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ।
नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले
आज शुभकामना सन्देश दिँदै ‘कोभिड–१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसलाई निष्क्रिय बनाई संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको बताउनुभयो ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !