देउराली जनताद्धारा कोरोना उपचारका लागि औषधि उत्पादन सुरु

हेल्दीखबर

काठमाडौं,७ असोज । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाइरस (कोभिड १९) उपचारका लागि आवश्यक औषधि पहिलो पटक नेपालमा उत्पादन सुरु गरेको छ । फर्मास्युटिकल्सले फाभिर २०० एमजि ट्याबलेटको उत्पादन सुरु गरेको जानकारी दिएको छ ।
कोभिड १९ संक्रमण क्रमशः बढ्दै जाने देखिएकोले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फाभिपिराविर ओरल ट्याब्लेट्स एन्टिभाइरल औषधिलाई विश्वका धेरै मुलुकहरुले कोभिड १९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेको छ । देउराली जनताले हालसम्म यो औषधि जापान, चीन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड १९ को उपचारका लागी अत्याबश्यक प्रयोग गर्न अनुमती प्रदान गरिसकेको जानकारी दिएको छ ।

कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा बिगत तीन दशकदेखि नेपालमा औंषधि उत्पादन गर्दै आएको आफूले आफ्नो दायित्व बोधगरि कोभिड९१९ बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भनेर यो औषधि उत्पादन सुरु गरेको उद्योगले जनाएको छ ।

सरकारबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलोपटक फाभिर २०० ट्याबलेट सुरु गरिएको भन्दै देउराली जनताले कोभिड९१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट गत असोज ६ मा स्वीकृति प्राप्त भएको जानकारी दिएको छ ।

देउराली जनताले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तत्वावधानमा कोभिड–१९ को उपचारको लागि यस औषधिलाई अनुसन्धान गर्नको लागि क्लिनिकल स्टडिज गरि त्यसको प्रभावकारीताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तैयारि समेत गरिरहेको जनाएको छ । कोभिड–१९ का बिरामीहरुको उपचार तथा प्रयोगको लागी चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरि औषधि व्यवस्था बिभागबाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ ।

महामारीको यस बिषम परिस्थितिमा फाभिर २०० नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था बिभाग तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागी आबश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन आफू तयार रहेको देउराली जनताले स्पष्ट पारेको छ ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !