१६ बर्ष उमेरका किशोरकिशोरलाई बढी मानसिक समस्या

काठमाडौँ, ५ असोज ः १६ बर्ष उमेर समूहका किशोरकिशोरीमा सवभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ बर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
तिमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा ५ प्रतिशत मानसिक समस्या देखिएको छ ।

यस्तै परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नंं १ का किशोरकिशोरीमा सवभन्दा बढी मानसिक समस्या देखिएको छ । त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै ०.६ प्रतिशतमा मादक पदार्थ लगायत अन्य कुनै प्रकारको नसालु पदार्थकोा सेवनको कारण मानसिक समस्या आउने गरिएको उल्लेख गरिएका्े छ ।

सर्वेक्षणमा २३ प्रतिशत वयस्क युवाले आफूमा लक्षण देखिए पश्चात चिकित्सक वा अन्य व्यक्तिसंग सहयोग मागेको देखिएको छ । भने सहयोग प्रदायक व्यक्ति वा चिकित्सकमध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६(७ प्रतिशत जोखाना हेर्ने, पूजाआजा गर्ने र धामीझाक्रि लगाउने गरेको पाइएको छ ।

यस्तै वयस्कमा सवभन्दा बढी वागमती प्रदेशका ५ं.९ प्रतिशत मानसिक समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
उमेर समूहमा (४० देखि ४९ ) बर्षका बयस्क ६.३ प्रतिशत मानसिक समस्या र तिमध्ये महिला ५.१ प्रतिशत र पुरुष ३.४ प्रतिशत रहेका छन् ।
सर्वेक्षणमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत बयस्कमा हालको अवस्थामा पनि समस्यामा रहेको पाइयो ।

यस्तै ३ प्रतिशत वयस्क उदासिनताको, ६.५ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच र १.१ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको सर्वेक्षणमा पाइएको परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेको कारण र ०.२ प्रतिशत नसालु पदार्थ सेवन गरेको कारणले मानसिक समस्यामा पर्ने गरेको उल्लेख छ ।

परिषद्ले सन २०१९ जनवरीदेखि सन् २०२० जनवरीसम्म सातवटै प्रदेशमा १५ हजार ८८ जनामा सर्वेक्षण गरेको थियो । तिमध्ये पाँच हजार ८८८जना १३ बर्षदेखि १७ बर्ष उमेर समूहका र नौ हजार २०० जना १८ बर्ष माथिका वयस्क थिए ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !