सात हजार ७०१ संक्रमितको घरमै उपचार

हेल्दीखबर


काठमाडौं,३१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ७०१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । लक्षण नदेखिएका तथा सामान्य लक्षण भएका संक्रमित घरमै आराम गरेर कोरोना विरुद्ध लडिरहेका छन् । बुधबार १६ हजार २ सय ४२ जना संक्रिय संक्रमित मध्ये ७ हजार ७०१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ९ सय जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश २ मा १ हजार ३ सय १, प्रदेश १ मा १ हजार १ सय ३९, प्रदेश ५मा ७ सय ४२ सुदूरपश्चिम प्रदेशमा ३१४, गण्डकी प्रदेशमा १८२ र कर्णाली प्रदेशमा १२३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !