एकै दिन १५६६ ले जिते कोरोना भाइरस

हेल्दीखबर

काठमाडौं,२० भदौ । शनिबार एक हजार ५ सय ६६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले देशका विभिन्न आइसोलेसन बाट १५६६ जनाले कोरोना भाइरस जितेको जानकारी दिनुभयो। उहाँले संक्रमितमध्ये हालसम्म ६० प्रतिशत अर्थात २७ हजार १२७ ले कोरोना जितेको बताउनुभयो ।
प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज कोरोनाबाट ९ जनाको ज्यान गएको जानकारी दिदै मुलुकमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या २ सय ८० पुगेको बताउनुभयो ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !