चम्पादेवी गाउँपालिकास्थित घोराखोरी स्वास्थ्य चौकी अब पोषणमैत्री स्वास्थ्य संस्था

हेल्दीखबर

ओखलढुंगा । ओखलढुंगा चम्पादेवी गाउँपालिकास्थित घोराखोरीमा रहेको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । चम्पादेवी गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो । चम्पादेवि गाउँपालिका अध्यक्ष नवराज केसीले पोषणमैत्री स्वास्थ्य संस्थाका लागि चाहिने मापदण्ड घोराखोरी स्वास्थ्य चौकीले  पुरा गरेकोले स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको बताउनुभयो । उहाँले आगामी वर्षहरुमा अन्य  स्वास्थ्यचौकी संस्थाहरूलाई पोषणमैत्री घोषणा गरिने जानकारी दिनुभयो।
स्वास्थ्य चौकीमा नियमित बच्चाको वृद्धि अनुगमन गरेको, आइरन चक्की खाएका महिला, सुत्केरी पछि आइरन र भिटामिन ए खाएका स्वास्थ्य संस्थामा सुत्केरी हुने पोषण रजिष्टरमा पोषण सम्बन्धी सबै सुचना रेकर्ड राखिएको, पुर्ण स्तनपान गराउने, पोषण सम्बन्धी औषधि र सामग्री पुर्ण रहेको, जुकाको औषधि खाएको कुपोषित बालबालिका नरहेको, ६ महिनापछि दूधसहित अन्य पौष्टिकको मापदण्ड अनुसार आहार खुवाएको सुनिश्चित भएको, विद्यालय स्वास्थ्य पोषण अन्तर्गत जुकाको औषधि खाएको, स्वास्थ्य संस्थामा पोषण कर्नर र आम र शिशुलाई नियमित परामर्श गरिएको साथै तथ्यांक चुस्त दुरुस्त राखिएकोलगायतका सुचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा चम्पादेवी वडा नं ६ का वडाध्यक्ष तिलकबहादुर खड्काले गाउँपालिकाका अन्य स्वास्थ्य संस्थालाई पनि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्दै लैजाने बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम प्रसाद सुबेदीले चम्पादेवी गाउँपालिका स्वास्थ्य क्षेत्रमा ओखलढुंगा जिल्लामै अब्बल रहेको बताउनुभयो ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !