तरकारीको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा चिकित्सक संघको आपत्ति, जनस्वास्थ्यमाथि खेलबाड गरेको आरोप

काठमाडौं,२४ असार। नेपाल चिकित्सक संघले सरकारले विदेशबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको भन्दै आपत्ति जनाएको छ।

जनताको स्वास्थ्यमा आफैं गम्भीर भई लाग्नुपर्नेमा सरकारले आफैंले गरेको निर्णय फिर्ता लिएर जनताप्रतिको विश्वासमाथि कुठाराघात गरेको संघको आरोप छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संघले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३९ मा उपभोग्य वस्तुको गुणस्तरका लागि उत्पादन, भण्डारण तथा बिक्री वितरणलाई गुणस्तर र स्वस्थ बनाइने उल्लेख गरिएको स्मरण गराएको छ।

संघका महासचिव डाक्टर लोचन कार्कीले ऐन कानून विपरीत मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अत्यावश्यक सामाग्रीहरुको गुणस्तर परीक्षणका लागि सरकार आफैं जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा जनाएका छन्।

नेपाल सरकारको ऐन कानून विपरित मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने अत्यावश्यक सामाग्रीहरुको गुणस्तर परीक्षणका लागि सरकार आफै जिम्मेवार हुनु पर्नेमा आफैले गरेको निर्णयलाई फिर्ता लिएर जनताप्रतिको विश्वास, आशा र भरोसामाथी कुठाराघात गरेको नेपाल चिकित्सक संघको ठहर छ ।

बिषादी फलपूmल तथा तरकारीको सेवनले मानव शरीरमा अल्पकालिन र दीर्घकालिन समस्याहरु देखा पर्न सक्दछन् ।
जसले गर्दा मानसिक असन्तुलन, स्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसाबमा समस्या तथा छालामा संक्रमण देखिने जस्ता समस्याहरु तत्काल देखा पर्न सक्दछन् भने दीर्घकालिन रुपमा मुटु, कलेजो, मृगौलामा गम्भिर असर पार्नुका साथै क्यान्सर जस्ता प्राणघातक रोगको कारक बन्न सक्दछ । त्यतिमात्र नभई बंशाणुगत असर जस्तै बाँझोपन लगायतका प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु समेत देखा पर्न सक्दछन् ।

नेपालीहरुको स्वस्थ भई बाँच्न पाउने र गुणस्तयुक्त उपभोग्य वस्तुहरुको सेवन गर्न पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै अपरिपक्क र गैर जिम्मेवार रुपमा सरकार प्रस्तुत हुनुले समग्र राष्ट्रको गरिमामाथी नै आँच पुग्न गएको छ ।

तसर्थ, नेपाल सरकारले यस बिषयलाई गम्भिर रुपमा मनन गरी बिषादी परीक्षण सम्बन्धी निर्णयलाई अझ दरिलो र प्रभावकारी रुपमा कार्यान्वयन गरेर नेपाली जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गुणस्तरयुक्त उपभोग्य वस्तुको निर्वाध रुपमा उपभोग गरी स्वस्थ जीवन यापन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न समेत नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

Press Release of NMA 2076-3-24 (1)

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !