प्रदेश १ सरकारले भारतबाट आयात तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने

असार २३-  प्रदेश १ सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ।  सरकारले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्ने निर्णय गरी आलोचना खेपिरहेको बेला प्रदेश १ सरकारले विषादी परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । प्रदेश १ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा बिरानगरको रानीमा तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याएको हो । सरकारले काठमाडौँबाट प्राविधिकसहितको टोली ल्याएर प्रयोगशाला स्थापना गरेको हो ।

सोमबारदेखि नै उक्त प्रयोगशाला सञ्चालनमा आउँने मन्त्रालयले जनाएको छ । मन्त्रालयले अब तरकारी तथा फलफूलमा विषादी प्रयोग भए नभएको यनिक गर्न तरकारी तथा फलफूल परीक्षण गर्न गराउँन सबैमा जानकारी समेत एक सूचनामाफर्त जानकारी गराईएको छ । करिब २५ लाख लागतमा सञ्चालन भएको प्रयोगशालाबाट अब विषादी परीक्षण हुनेछ ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !