निर्माणाधिन अस्पतालको भवन निर्माण गर्न ५ अर्ब ५७ करोड

हेल्दीखबर

काठमाडौ,१५ जेठ । निर्माणाधीन अस्पतालहरुको भवन निर्माण सम्पन्न गर्न रु ५ अर्ब ५७ करोड छुट्याएको छ । आज अर्थ मन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नुभएको बजेटमा उक्त रकम छुट्याएको हो ।
यस्तै पन्ध्र सैयाको प्राथमिक अस्पताल स्तरोन्नती गर्न रु १ अर्ब २६ करोड विनियोजन गरेको छ । सबै प्रदेशका कम्तीमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुरुप कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गर्न रु १ अर्ब विनियोजन गरेको छ । गण्डकी प्रदेशमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र कर्णाली प्रदेशमा क्षेत्रीय अस्पताल सुर्खेतबाट यस्तो सेवा उपलब्ध हुनेछ ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !