तराईमा सर्पदंशको प्रकोप, नारायणी अस्पतालमा मात्र दैनिक १५ जनाको उपचार

हेल्दीखबर

 

वीरगन्ज, ८ जेठ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मात्रै सर्पको टोकाइबाट उपचारका लागि दैनिक १५ जना बिरामी आउने गरेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा अहिले पर्सा र बारा जिल्लाका विभिन्न ठाउँबाट सर्पको टोकाइका बिरामी आउने गरेका छन् । तराईका जिल्लामा गर्मी बढेसंगै सर्प दंशका घट्ना बढ्न थालेको हो। सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि आउने गरेका छन । विषालु सर्पको टोकाइबाट सोमबार सखुवा प्रसौनी गाउँपालिका एकडरवाका १२ वर्षीय सागर साहको मृत्यु भएको छ ।  केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प प्वालबाट बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत पसेर टोक्ने गरेको छ । सर्पले टोकेलगत्तै अस्पताल पु¥याएका केही बिरामीबाहेक प्राय उपचारपछि सकुशल घर फर्किने गरेका छन् भने बढी सिकिस्त परेकालाई तिन चार दिन सम्म अस्पतालमै उपचार गराई रहेका छन् । चिकित्सकले करेत सर्प घरवरपर,घरको छानो, ओछ्यानमा आउने हुनाले सकेसम्म भुईमा नसुत्ने , सुत्दा झुलको प्रयोग गर्ने, रातिमा बाहिर निस्कदा टर्च लिएर निस्कन सुझाव दिएका छन् । विगत केही समय यताको बढ्दो गर्मीका कारण सर्प बाहिर निस्किने हुनाले जिल्लामा सर्पको टोकाइ बढ्दै गएको हो । सर्पले टोकेमा जति सक्दो छिटो अस्पताल पुर्यायाउनु पर्ने र प्राथमिक उपचारको लागि टोकेको भागभन्दा केहि तल नरम कपडाले बाँध्नु पर्ने चिकित्सकहरुको सुझाव छ ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !