आयुर्वेद औषधि व्यवसायी संघको अध्यक्षमा जंगराज गिरी निर्वाचित

काठमाडौं,२३ चैत । नेपाल आयुर्वेद औषधि व्यवसायी संघको अध्यक्षमा जंगराज गिरी विजयी भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारण सभाबाट प्रमुख प्रतिस्पर्धी विष्णु सिंखडालाई हराउँदै गिरी अध्यक्ष निर्वाचित भएका हुन्।

यसैगरी महिला उपाध्यक्षमा निर्मला खत्री विजयी भएकी छिन्। छविरमण अधिकारी र भवनाथ लम्साल सचिव पदमा निर्वाचित भएका छन्। कोषाध्यक्षमा कृष्ण सुवेदी विजयी भएका छन्।

विनोद अधिकारी, डिल्लीप्रसाद घिमिरे, विदुर ढकाल, वेदव्यास सुवेदी र सुधा अधिकारी सदस्य पदमा निर्वाचित भएका छन्। सातै प्रदेशका प्रतिनिधि यसअघि नै निर्विरोध निर्वाचित भएको संघले जानकारी दिएको छ।

निर्रवाचित पदाधिकारीहरूकाे कार्यकाल दुई वर्षकाे हुनेछ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !