चिकित्सक संघको आँउदो निर्वाचनमा प्रजातान्त्रिक समूहबाट डा. कार्कीलाई अध्यक्षमा उठाउने निर्णय

काठामाडौँ, २८कात्तिक । आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट हालका महासचिव डा लोचन कार्की आधिकारीक रुपमा उठाउने निर्णय भएको छ ।

संघका पूर्व अध्यक्षहरुको बिहीबार बसेको बैठकले कार्कीलाई अध्यक्षमा उठाउने निर्णय गरेको संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिए ।

अध्यक्षबाहेकका पदमा भने कसलाई उठाउने भन्ने निर्णय भइसकेको छैन ।

डा. कार्कीले आफूलाई नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको बैठकले हाल नेपाल चिकित्सक संघका महासचिव रहनुभएका डा. कार्कीलाई अध्यक्षमा उठाउने निर्णय गरेको जानकारी दिए ।

यसअघि प्रजातान्त्रिक समूहबाटै संघका पूर्व महासविच तथा पेट रोग विशेषज्ञ डा. भुपेन्द्र बस्नेत र स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. राजेन्द्र पन्तको नाम चर्चामा थियो । संघका पूर्व अध्यक्षहरु केदारनरसिंह केसी, डा. अञ्जनीकुमार झा, डा. किरण श्रेष्ठ, डा. आनन्द श्रेष्ठ र वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठसहितको बैठकले डा. कार्कीलाई प्रजातान्त्रिक समूहबाट आधिकारीक उम्मेदवार उठाउने निर्णय गरेको हो ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !