पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई उपचारका लागि विदेश जान एक महिनाको अनुमति

इस्लामाबाद, २८ कात्तिक । भ्रष्ट्राचारको आरोपमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ । उनलाई विदेश गई उपचार गर्न चार साताको मात्रै अनुमति दिएको छ ।

उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको छ । सरकारको निर्णय सुनाउँदै एक मन्त्रीले भने ।

पाकिस्तानको तीन पटक प्रधानमन्त्री भएका भएका सरिफ अहिले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिँदै जेल सजाय भोगिरहेका छन् ।

यसअघि कारागारमै रहेका बेला गम्भीर बिरामी भएको विवरण सार्वजनिक भएपछि पाकिस्तानको एक अदालतले केही दिन अगाडि उनलाई कारागारबाट बाहिर निकालेर अस्पताल लगेर उपचार गराउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि उनलाई केही दिन अस्पतालमा राखेर उपचार गराइएको थियो भने त्यसपछि अति सघन कक्ष (आईसीयू) र चिकित्सकहरूको टोली उहाँकै निवासमा व्यवस्था गरिएको थियो ।

स्वदेशमा गरिएको उपचार पर्याप्त नभएको चिकित्सकहरुले बताएपछि उनलाई थप उपचारका लागि लण्डन लैजाने तयारी भएको हो । रासस/सिन्ह्वा

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !