मिर्गौला तस्करीको आरोपमा निदान हस्पिटलका सिइओ  र कानुनी सल्लाहकार भट्टराई सहित पाँच जना जेल चलान 

काठमाडौं,२७ कार्तिक ।  ललितपुर जिल्ला अदालतले मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका  निदान अस्पतालका सिइओ  विपेन्द्र प्रधान सहित चिकित्सक र कानुनी सल्लाहकारलाई जेल चलान गरेको छ। अस्पतालका निर्देशक डा राजेश पन्त ,कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई पूर्पक्षका लागि जेल चलान भएका हुन् ।   ललितपुरका  एसपी गोविन्द थपलियाले उनिहरुलाइ अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको जानकारी दिए। सिइओ  प्रधान  सहित पाँच जनाले भान्जा नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला  प्रत्यारोपण गरेको आरोप लागेको छ।
उनिहरुलाइ प्रहरीले गत असोज २९ गते पक्राउ गरेको थियो ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !