आज देशभरका अस्पतालमा ओपिडी सेवा नि:शुल्क

काठमाडौँ, २ असोज । आजको दिन सरकारी अस्पतालमा बहिरंग सेवा (ओपिडी)को टिकट निशुल्क उपलव्ध पाइने छ। सरकारले संविधान दिवसको अवसर पारेर निशुल्क ओपिडि सेवा दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आफू अन्तरगर्तका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बहिरंग सेवा (ओपिडी)को टिकट निशुल्क उपलव्ध गराउने मन्त्रालयका प्रबक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो। उहाले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा हर्सोल्लाशपुर्वक मनाउने योजना अनुसार आम सर्वसाधारणलाई आज ओपिडी सेवाका निशुल्क टिकट उपलव्ध गराइएको बताउनुभयो।
‘यो वर्ष सरकारले संविधान दिवसलाई विशेष रुपमा २, ३ र ४ असोज गरी तीन दिन मनाउने निर्णय गरेको छ । सो अवसरमा हरेक मन्त्रालयले एउटा रचनात्मक काम पनि होस भन्ने सरकारको चाहना अनुसार स्वास्थ्य मन्त्रालयले ओपिडि सेवा नि:शुल्क गरेको हो। सोही अनुसार स्वास्थ्य मन्त्रालयले ओपिडी टिकटको शुल्क नलिने निर्णय गरेको हो ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !