डेंगुका बिरामी उपचार गर्न नर्भिक अस्पतालको छुट्टै कक्ष

काठमाडौं, २७ भदौ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले डेंगुका बिरामीको चाप बढेपछि छुट्टै वार्डको व्यवस्था गरेको छ ।

डेंगुका बिरामीलाई विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
हाल नर्भिक अस्पतालमा १ दर्जन भन्दा बढी डेंगु ज्वरोका बिरामीहरु उपचाररत रहेका छन् ।

बिरामीको चाप बढ्दो क्रममा रहेका कारण छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ ।

वार्डमा डेंगु हेल्प डेस्क र बिरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

सहुलियत दर उपलब्धहुने उक्त क्लिनिक÷वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ । डेंगु ज्वरो भएको यदि कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !