मंगलवारे अस्पताल: आकस्मिक कक्षको बेडमा दिनहुुँ कुकुरको बास

मोरङ,१९ साउन।अस्पतालको आकस्मिक कक्षको बेडमा राखेर बिरामीलाइ उपचार गरिन्छ। तर  मोरङको एक अस्पतालमा बिरामी होईन कुकुर बसिरहेका हुन्छन् ।  मंगलबारे अस्पतालको आकस्मिक कक्षको बेडमा दिनहुुँ कुकुर आयर बस्दा पनि अस्पतालले नियन्त्रण गर्न सकेको छैन।  चौबिसै घण्टा खुल्ला हुने अस्पतालको आकस्मिक कक्षको बेडमै कुकुरहरु पुग्छन र त्यहिँ सुत्छन भन्दा धेरैलाई आश्चर्य लाग्न  सक्छ । तर कुकुरको विरामी राख्ने बेडमा  बिश्रामस्थल हुन्छ । उर्लाबारी–३ स्थित मंगलवारे अस्पतालको आकस्मिक कक्षको बेड सम्मै निर्वाधरुपमा कुकुर पुग्ने मात्र होईन,त्यहाँ पुगेका कुकुर ढुक्कले सुत्छन् ।  विरामी सुताउने बेडमुनि कुकुरले ‘अड्डा’नै जमाएका छन । स्थानीय सेवाग्राहीका अनुसार अस्पतालको फोहर व्यावस्थापन पनि नियमित हुने गरेको छैन  । विरामीलाई झन् विरामी पार्ने फोहर व्यावस्थापन नभएका बेला कुकुर नै विरामी कुर्न आएको भन्दै स्थानीयले हाँसोका विषय बनाइरहेका छन् ।

केही समयअघि योग्य व्यक्ति भन्दै नगरपालिकाले  अस्पताल वयवस्थापन समितिको अध्यक्षमा वडा नम्बर ५ का वडाध्यक्ष भानु पराजुलीलाई चयन गरेको थियो  । वडाअध्यक्षले पनि अस्पताल ब्यबस्थापन गर्न नसकेको स्थानीयको आरोप छ।  सो सरकारी अस्पताल यतिबेला नमुना त बन्यो तर नमुना बन्नुको कारण भने सकरात्मक नभएर नकरात्मक रहेको छ । आकस्मिक कक्षमै कुकुरको बास हुने अस्पतालको रुपमा सो मंगलबारे  अस्पताल  नमुना बनेको छ ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !