बिभिन्न उमेर समुहका शिशुहरुलाई कस्तो खाना खुवाउने ?

६ महिना पुरा भएका शिशुलाई दिनको २ पटक नियमित स्तनपानका अतिरिक्त पोषिलो पिठोको लिटो, नरम खिर, बिभिन्न तरकारी मिसाएर बनाएको जाउलो,रामरी मिचेको वा पिसेको सागपात,तरकारी (मौसम अनुसारका तरकारी,आलु सखरखण्ड,पिडालु ईत्यादी), मासु, फलफुल खुवाउनुपर्छ ।
एक पटकमा ठुलो चम्चाको २ वा तिन चम्चा खुवाउनुपर्दछ ।

७ देखी ८ महिनाका शिशुलाई दिनको ३ पटक नियमित स्तनपानका अतिरिक्त पोषिलो पिठोको लिटो, नरम खिर,बिभिन्न तरकारी मिसाएर बनाएको जाउलो ,रामरी मिचेको वा पिसेको सागपात,तरकारी (मौसम अनुसारका तरकारी,आलु सखरखण्ड,पिडालु ईत्यादी), मासु, फलफुल खुवाउनुपर्छ ।
एक पटकमा ठुलो चम्चाको ४ देखी ६ चम्चा खुवाउनुपर्दछ ।

९ देखी ११ महिनाका शिशुलाई दिनमा ३ पटक नियमित स्तनपानका अतिरिक्त १ पटक बिचमा खाना खुवाउनुपर्छ ।

१२ देखी २४ महिना सम्मका बालबालिकालाई दिनको ३ पटक पारीवारीक खाना खुवाउनुपर्छ ।
पुरक खानामा घिउ,तृल,मह,चिनी आदी मिसाएर यसलाई अझ पोषिलो बनाउन सकिन्छ ।

यदी बालबालिकाहरुमा शीघ्र कुपोषण वा विशेष कडा कुपोषण भएको छ भने उनीहरुको उपचार स्वरुप तयारी उपचारात्मक खाना खान दिनुपर्छ ।

(बालचिकित्सक संगको कुराकानीमा आधारीत)

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !