युवतीमाथि बलात्कार , घाईते अवस्थामा उद्धार

मोरङ,२३असार। मोरङमा एक युवती बलात्कारको शिकार भएकीछिन् । उर्लाबारी नगरपालिका १ मेचेडाँडाकी एक युवतीलाई बलात्कृत भएपछि घाईते अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेका हुन् । घटनालगत्तै आरोपितलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा २१ बर्षीय संगम राई रहेका छन् । पीडित युवती र राईबीच केही समययता फेसबुकबाट चिनजान भएका थिए । फेसबुकबाटै राईले युवतीसंग संगत बढाईरहेको प्रहरीले जनाएको छ।

संगत बढिरहँदा दुबैबीच मोबाईल नम्बर साटासाट समेत भएको थियो । मोबाईल नम्बरकै आधारमा पिछा गर्दै आएका राईले खेतबाट काम गरेर घर फर्कदै गरेकी २१ बर्षीय युवतीमाथि शुक्रबार राति ९ बजे बलात्कार गरेका थिए । इलामको चुलाचुली ६ घर भएका राई मोरङ उर्लाबारीमै आफन्तको घरमा बस्दै आएका थिए । घाईते अवस्थामा भेटिएकी युवतीको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए । युवतीको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनास्थलको प्रकृति हेर्दा ठुलै संघर्ष भएको र प्रतिवाद गरिएको देखिएको छ ।

सुरुमा राईले ललाईफकाई विभिन्न प्रलोभनमा पारेर राति एक्लै भएको मौका छोपेर एकान्त झाँडीमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । स्थानीयले एक युवाले युवतीको बलपूर्वक जबरजस्ती बलात्कार गरिरहेको र युवतीले पनि प्रतिवाद गरिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए भने प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !