अल्पपोषण, कुपोषण र उपचार

डा. नारायणबहादुर बस्नेत

– डा. नारायणबहादुर बस्नेत

स्वस्थ शरीरका लागि स्वच्छ हावा, शुद्ध पानी तथा पोषणयुक्त खाना अनिवार्य हुन्छ । जन्मपछि तुरुन्त श्वासप्रश्वास सुरु हुन्छ भने केही घण्टामा नै खाना सुरु हुन्छ । मानिसलाई जन्मपश्चात् पूर्ण आयु रहँदासम्म सन्तुलित आहार आवश्यक हुन्छ । उमेरअनुुसार सन्तुलित खाना नभएमा विभिन्न रूपमा कुपोषणले सताउँछ । कुपोषण भन्नासाथ उमेर अनुसारको शारीरिक तौल, उचाइ वा शरीरका अङ्ग÷प्रणालीको स्वस्थकर अवस्था नहुनु हो । शरीरको तौल तथा उचाइ कम हुनु अल्पपोषणको चिन्ह हो भने उमेरभन्दा बढी तौल मोटोपनको सङ्केत हो । यसरी बढी वा कम हुनु कुपोषणको सूचक हो । कुपोषण भन्नाले शरीरलाई चाहिने क्यालोरी वा अन्य खानाको अभाव हुनु वा बढी हुुनु वा सन्तुलित नहुनु हो ।
कुपोषणमा मुख्यता दुई अवस्था पर्छन् । प्रथम होचोपन (उमेरअनुसारको उचाइ नहुनु÷कम हुनु, सुकेनास (उचाइअनुसार तौल नहुनु वा अल्पतौल (उमेरअनुसार तौल नहुनु), भिटामिनको अभाव हुनु (जस्तै रक्तअल्पता, आयोडिनको कमी हुनु) हो । दोस्रोमा बढी तौल हुनु, मोटापना तथा पोषणसँग सम्बन्धित अन्य नसर्ने रोग (जस्तै मुटुरोग, मस्तिष्कघात, क्यान्सर) पर्छन् ।
सामान्यतया कुपोषण भन्दा अल्पपोषण भन्ने बुझाइमा आउँछ । शरीरलाई चाहिने शक्ति (क्यालोरी र शरीर निर्माण गर्ने ‘प्रोटिन क्यालोरी कुपोषण’ ले धेरै बालबालिकालाई सताउँछ । यसबाहेक विभिन्न पोषक तत्वको अभाव हुने अवस्था÷रोग पनि कुपोषणका सूचक मानिन्छन् । जस्तै आयोडिनको अभावमा हुने गलगाँड, भिटामिन ए को अभावमा हुने रतन्धो तथा आँखाको सुख्खापन, भिटामिन बीको कमीबाट हुने पेलाग्रा, भिटामिन सिको अभावमा हुने स्कर्भी, भिटामिन डीको अभावमा हुने रिकेट्स आदि । विशेष गरी पाँच वर्षमुनिका बालबालिकालाई प्रोटिन क्यालोरी कुपोषणले सताउँछ । किनकि शरीरको वृद्धिको मुख्य आधार भनेको नै क्यालोरी र प्रोटिन हुन् । यसको अभावमा अल्पपोषण हुन्छ । अल्पपोषणले मुख्यतः बालकको तौल नबढ्ने वा उचाइ नबढ्ने हुन्छ ।
विश्वको तथ्याङ्क हेर्दा सन् २०१८ मा संसारका पाँच वर्षमुनिका बालबालिकामध्ये २१ दशमलव ९ प्रतिशतको उचाइमा वृद्धि हुन सकेन भने सात दशमलव तीन प्रतिशतलाई सुुकेनास र दुई दशमलव चार प्रतिशतलाई कडा सुकेनास भएको पाइयो । पाँच दशमलव नौ प्रतिशत बालबालिकाको उच्च तौल भएको पाइयो । नेपालको सन्दर्भमा १८ वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या जम्मा जनसङ्ख्याको ४० प्रतिशत छ । उमेरको आधारमा अल्पतौल भएका २७ प्रतिशत र सुकेनास भएको सङ्ख्या १० प्रतिशत छ । युनिसेफका अनुसार नेपालको एक तथ्याङ्क हेर्दा छ महिनादेखि २३ महिनासम्मका बालकमध्ये ४७ प्रतिशतले मात्र विविध खाना प्राप्त गरेका छन् भने ३६ प्रतिशतले न्यूनतम खाना पाएका छन् । यसरी हेर्दा अझै पनि नेपाली बालबालिका कुपोषणको शिकार भएका छन् । सकारात्मक पक्ष के छ भने सन् १९९६ मा बाल अल्पपोषण ५७ प्रतिशत थियो भने सन् २०१६ मा ३६ प्रतिशतमा झरेको छ । नेपालमा वैज्ञानिक ढङ्गले देशभरि नै राष्ट्रियस्तरमा बालबालिकामा कुपोषणको अनुसन्धनात्मक अध्ययन नभए पनि सामान्य अनुसन्धानले कुपोषणलाई एउटा महŒवपूर्ण राष्ट्रिय समस्याका रूपमा इङ्गित गरेको छ ।
कारण
अनिकाल परी खान नपाउनु, खाए पनि बान्ता भैरहनु, खाना मन नलाग्नु, खाए पनि नपच्नु तथा आन्द्राबाट नसोस्नु, विभिन्न रोगका कारणबाट क्यालोरी खर्च बढी हुनु (जस्तै ज्वरो आइरहनु, थाइराइड रोग लाग्नु, चोटपटक लागिरहनु, क्यान्सर लाग्नु आदि), शारीरिक गतिविधि बढेअनुसार नखानु, क्यालोरी क्षय हुनु (चिनीको रोग) आदि अल्पपोषणका मुख्य कारण हुन् । सन्तुलित खाद्यपदार्थको अभाव हुनु, खानाको वितरण प्रणाली राम्रो नहुनु, खाना संस्कार तथा बानी स्वस्थकर नहुनु, कम उमेर र बढ्दो उमेरमा चाहिने खानाको बारेमा ज्ञान नहुनु, स्वास्थ्य संस्था तथा स्वास्थकर्मी लगायत समाजका हरेक जिम्मेवार नागरिक कुपोषणतर्फ चेतनशील नहुनु आदि कारणले गर्दा पनि हाम्रो देशमा अझै पनि कैयौँ बालबालिकामा कुपोषण÷अल्पपोषणको अवस्था सोचेजति घट्न सकेको छैन । जन्मँदा नै कम तौल भएर जन्मनु पनि अल्पपोषण तथा कुपोषणको खतरा हो । जुनसुकै कारणले कुपोषण भएको अवस्था भए पनि त्यसको प्रमुख र विशिष्ट लक्षण भनको ‘उमेरअनुसार तौल नबढ्नु’ नै हो । शारीरिक अवस्था हेरेर अल्पपोषणलाई कम कडा, कडा र धेरै कडामा वर्गीकरण गरी उपचार गरिन्छ ।
लक्षण
तौल, उचाइ, टाउकोको गोलाइ नबढ्नु, पाखुराको नाप कम हुनु, हातागोडा तथा शरीरका मांसपेशी सुक्दै जानुु, छाला पातलो हुनु, दाग देखिनु, सुन्निनु, मुख वरिपरि जिब्रो, ओठमा घाउ निस्कनु, पेट फुल्नु, सुन्निनु, केश सजिलै झर्नु, हातगोडा चिसो, नीलो हुनु, सुन्निनु, जोर्नीले दरोसँग काम नगर्नु, गति लिन अल्छी गर्नु, तिर्खा लाग्नु, रक्तचाप घट्नु, मुटुको गति कम हुनु, शरीरको तापक्रम घट्नु वा चिसो–तातोलाई व्यवस्थित गर्न नहुनु यसका लक्षण हुन् । यसैगरी, हड्डी नबढ्नु र हातखुट्टा सिन्काजस्तै बन्नु, दृष्टिमा असर पर्नु, साँझपख हेर्न नसक्नु, शरीरमा गिर्खा देखिनु, रोगसँग लड्ने क्षमता घट्नु, वातावरणलाई ध्यान नदिई सुस्त हुनु, चाख नहुनु, डिप्रेसन हुनु, खाना पाउँदा आक्रामक भएर लिनु, बारम्बार पखाला चलिरहनु, निमोनिया, छालाको सङ्क्रमण हुनु, विभिन्न भिटामिन÷लवण÷पोषण तत्वको अभावबाट हुने लक्षण पनि देखिँदै जानु अल्पपोषणका लक्षण हुन् । यी सबै साधारण, मध्यम तथा कडा रूपमा देखिन सक्छन् । सङ्क्रमण आदिबाट शरीर धान्न नसकी मृत्युसम्म हुन सक्छ ।
उपचार
जुनसुकै कारणले अल्पपोषण भए पनि सामान्यतया कम कडा, कडा अल्पपोषण भएका बालबालिकालाई घर÷स्वास्थ्य संस्था÷अस्पतालमा उपचार गर्न सकिन्छ । धेरै कडा र खान कठिनाइ भएका अल्पपोषण भएका बिरामीलाई सुरुमा अस्पताल भर्ना गरी स्वास्थकर्मीको निगरानीमा उपचार सम्भव हुन्छ । अल्पपोषण तथा कुपोषणको जुनसुकै अवस्थामा भए पनि उपचारको विधि भनेको पर्याप्त मात्रामा क्यालोरी र प्रोटिनयुक्त खाना खुवाउनु नै हो । यस्ता खाना पटकपटक मिश्रित रूपमा नियमित रूपमा खुवाउनुपर्छ । उपचारको तीनदेखि छ महिनामा बालबालिकाको वृद्धि सामान्य अवस्थामा पुग्छ ।
मुख्य क्यालोरी र प्रोटिनयुतm खानाका साथमा लवण र भिटामिनयुक्त खाना दिनु,थप प्रोटिन आवश्यकताअनुसार थप्नु, स्थानीय बजारमा पाइने खाना दिनु, गर्भवती, सुत्केरी, नवजात शिशु तथा अन्य बालबालिकालाई स्वस्थ पोषणयुक्त खाना खुवाउनु पर्छ । कडा अल्पपोषण भएका वा कठिनाई भएका बिरामीलाई अस्पताल भर्ना गरी उपचार गर्नु, सबै अल्पपोषण भएका बालबालिकालाई फलोअप गर्नु, स्वास्थ्यकर्मी र संस्थासँग उपयुक्त र नियमित सम्पर्कमा रहनु, वैज्ञानिक पोषण संस्कार विकास गर्नु, पोषणयुक्त खानाको उत्पादन पर्याप्त बनाउनुपर्छ । अल्पपोषण भएका बालबालिका तथा व्यतिmलाई निम्नानुसारको खाना खुवाई उपचार गर्न सकिन्छ ।
क्यालोरीयुतm खाना : १५० किलो क्यालोरी प्रतिकेजी शरीरको तौलको हिसाबले प्रतिदिनका दरले खुवाउनुपर्छ । प्रोटिनयुतm खाना (जस्तै ः दूध, अण्डा, मासु, गेडागुडी आदि), प्रोटिन तीन ग्राम प्रतिकेजी शरीरको तौलको हिसाबले प्रतिदिनसम्म खुवाउनुपर्छ । मिश्रित खानाबाट लवण÷भिटामिन प्राप्त हुन्छ । १० केजी तौल भएका बालबालिकालाई एक हजार ५०० क्यालोरी प्रतिदिन र ३० ग्राम प्रोटिन दिन सकिन्छ ।
बालबालिकालाई दूध, अण्डा, अन्नहरू क्यालोरी–प्रोटिनका मुख्य स्रोत हुन सक्छन् । नेपालमा सर्वोत्तम पिठो बनाई बालबालिकालाई दिई कुपोषणको उपचार गर्न थालिएको धेरै भए पनि यसबारे प्रष्ट जानकारी व्यवहारमा आएको पाइँदैन । यो अल्पपोषण उपचारको अत्यन्त राम्रो आहार हो । दुई भाग छुट्टाछुट्टै अन्न (जस्तै चामल र गहुँ,चामल गहुँ र मकै, गहँु र मकै, मकै र कोदो, फापर र चामल, एक भाग भटमास राम्रोसँग छुट्टाछुट्टै केलाएर, भुटेर, पिसेर, छुट्टाछुट्टै भाँडामा राखी प्रत्येकपटक लिटो वा हलुवा बनाउँदा तीनै भागबाट एक एक भाग राखी खुवाउनु अल्पपोषणको उपचारको एक महŒवपूर्ण विधि हो । जन्तुबाट प्राप्त हुने पोषण तत्व (जस्तै मासु, दूध, अण्डा) र वनस्पतिबाट प्राप्त हुने पोषण तत्व (भटमास, दाल, तेलहन, सागसब्जी, फलफूल) को मिसावट गरी खानाले कुपोषण निको हुँदै जान्छ । खानाका साथ थप तत्व जस्तै आयोनुन, भिटामिन, थप दूध, थप आहार पनि आवश्यकताअनुसार दिन सकिन्छ । विशेषगरी दुई वर्षभन्दा मुनिका बालबालिकालाई दूधमा आधारित खाना दिनुपर्छ ।
धेरै कम अल्पपोषण भएका बालबालिका तथा व्यक्तिलाई अस्पताल तथा पोषणगृहमा राखी मुख वा नसाबाट उपयुक्त पोषण तत्व दिई अल्पपोषण वा कुपोषणको उपचार गरिन्छ । अल्पपोषण भएका कतिपय बालबालिकालाई बारम्बार सङ्क्रमण हुने भएकाले समयमा नै उपचार गर्नुपर्छ । यसबाहेक निश्चित रोग वा शल्यक्रियापछि अल्पपोषण भएका व्यतिmलाई पोषण उपचारको साथै खास रोगको उपचार सँगसँगै गर्नुपर्छ । यसरी ठीक बनावट भएको विविध खाना पटकपटक गरी क्रमशः मात्रा बढउँदै खुवाएर अल्पपोषणको उपचार गर्न सकिन्छ ।

(लेखक बाल तथा मुटुरोग विशेषज्ञ हुन्  । )

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !