डाक्टर सुशीला  यादवको क्यान्सर रोगका कारण निधन 

हेल्दीखबर

काठमाडौं,१ असार । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया डाक्टर सुशीला यादवको निधन भएको छ ।  क्यान्सरबाट पीडित यादवको उपचारको   क्रममा निधन भएको हो।
उनको झापास्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो।
उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा प्रवेश गरेकी थिइन्।
तीन वर्षअघि स्वास्थ्य जाँचका क्रममा उनलाई आमासयको क्यान्सर भएको पत्ता लागेको थियो। त्यसयता उनी नियमित उपचारमा थिइन्। उनको क्यान्सरको शल्यक्रिया भारतमा भएको थियो।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !