धेरै महिलामा पाठेघरमा मासु पलाउने समस्या देखिने गरेको छ । यसरी आफ्नो पाठेघरमा मासु पलाएको थहा पाउन आफूमा यी समस्या छ वा छैन हेरेर थहा पाउन सकिन्छ । यस्ता समस्या देखापरेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । पाठेघरमा मासु पलाएको यसरी थहा पाउन सकिन्छ – महि
नावारी हुँदा धेरै रगत जानु, – अत्याधिक पेट दुख्नु, – महिनावारीको समयमा रगतको डल्ला बाहिर निस्कनु, – तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ । – शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने, उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ । मासु पलाएका कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ । पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भने झन् जटिल समस्या आउने गर्छ । एकदम कम महिला २ देखि ५ प्रतिशत महिलामा क्यान्सर हुने सम्भावना समेत रहने स्त्रिरोग विशेषज्ञ डा. रंगिना लाइकंगबम बताउँछिन् ।